दफा ८९
एकीकृत अभिलेख राख्ने
(१) विभागले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरको अनुसन्धान, अभियोजन तथा अदालतबाट भएको फैसला समेतको आधारमा एकीकृत विवरण तयार गरी त्यस्तो विवरणलाई अद्यावधिक रुपमा राख्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम अभिलेख राख्ने प्रयोजनको लागि अनुसन्धान गर्ने निकायले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर सम्बन्धमा देहायको विवरण विभागले निर्धारण गरेको ढाँचामा आवधिक रूपमा विभागलाई उपलब्ध गराउनु पर्नेछः -
(क) सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा मुद्दा दायर भएकोमा मुद्दाका पक्ष, मागदाबी सहितको संक्षिप्त विवरण,
(ख) दायर भएका मुद्दामा सुरु अदालतबाट भएको फैसलाको संक्षिप्त विवरण,
(ग) सुरु फैसला उपर पुनरावेदन गरे वा नगरेको र पुनरावेदन गरेकोमा पुनरावेदन तहबाट भएको फैसलाको संक्षि् विवरण,
(घ) ऐनको दफा २८ को उपदफा (४) वा
(६) बमोजिम कर निर्धारण तथा असुलीको लागि लेखी पठाएकोमा सोको संक्षिप्त विवरण,
(ङ) सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गरिएकोमा मुद्दा नचल्ने निर्णय भएकोमा सोको सङ्ख्या तथा बिवरण ।
(३) उपनियम (१) को प्रयोजनको लागि विभागले आवश्यक विद्युतीय प्रणाली बनाई लागू गर्न सक्नेछ ।